गभर्नरले ‘माइक्रो म्यानेजमेन्ट’ गरेः पाण्डे, ‘शेयर कर्जाको सीमा १० प्रतिशत पुग्नुपर्छ’

Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकले खुद्रा व्यवस्थापन गर्न नहुने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । बैंकले खुद्रे व्यापार गर्दा लगानीकर्ता मारको परेको उनले आइतबार नेकपा एमालेनिकट नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा बताए । 


राष्ट्र बैंकका गभर्नरप्रति बढी आक्रामक देखिएका पाण्डेले भने, ‘राष्ट्र बैंक ‘माइक्रो म्यानेजमेन्ट’मा लागेको छ । रिटेल म्यानेजमेन्टमा राष्ट्र बैंक नजाओस् भन्ने हो । शेयर कर्जामा ४ हटेर अहिले १२ कायम छ । यो हटाइदिएर कुल ऋणको १० प्रतिशत शेयर बजारलाई खोलिदिनु पर्छ । जब शेयरको भाउ घट्छ, बैंकको मार्जिन कल बढ्छ । मार्जिन कल गएपछि बैंकले समर्थन गर्दैन् । त्यसकारण बैंकले शेयरमा कुल ऋणको १० प्रतिशत लगानी गर्नु पर्छ ।’ 

Advertisement

शेयर कर्जामा बैंकको १० प्रतिशत लगानी हुँदा पाँच खर्ब ऋण हुन जान्छ भन्दै पाण्डेले यो ऋण बैंकले व्यवस्थापन गर्नसक्ने बताए । सरकारले यो कुरालाई ध्यान दिएर अघि बढ्नुपर्ने उनको तर्क छ । पाण्डेले अहिले नै हेर्दा करिब १४ खर्ब जनताको पैसा घटिसकेको अवस्था छ भन्दै ४४ खर्ब पुगेको बजार पुँजीकरण घटेर ३० खर्बमा आइपुगिसकेको बताए । 

उनले भने, ‘यो घाटा भनेको जनताको मात्रै होइन्, सरकारको पनि घाटा हो ।’ शेयर बजार गिरावटपछि सरकारले पाउने राजश्वमा पनि गिरावट आउने बताउँदै पाण्डेले १० प्रतिशत शेयर कर्जामा लगानी गर्दा शेयर बजारमा पनि बहार आउने बताए । 

Advertisement

Advertisement