काठमाडौँ । श्रीलंकामा चलिरहेको एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको क्रिकेट खेलेमा छक्का हान्दा नेपाली खेलाडीलाई सिटिजन लाइफले एक लाख रुपियाँ दिने भएको छ ।
कम्पनीले नेपाली खेलाडीहरुलाई हौसला स्वरुप उक्त रकम प्रदान गर्ने भएको हो ।त्यस्तै, भारत बिरुद्ध चौका हान्दा नेपाली खेलाडीलाई ५० हजार रुपियाँ छुट्याईएको छ ।
साथै, भारतीय ब्याट्सम्यानको विकेट लिने नेपाली खेलाडीले पनि प्रति विकेट ५० हजार रुपियाँ पाउने भएका छन् ।
हालसम्म नेपालका ओपनिङ व्याट्स म्यान कुशल भुर्तेलले भारत विरुद्ध तीन चौका, दुई छक्का हानेर साढे तीन लाख रुपियाँ पक्का गरेका छन् ।