गगन थापाको प्रश्न– बोलेको मन परेन भन्दैमा आक्रमण गर्न पाइन्छ ?

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाएका छन् । 

बिहीबार संसदमा बोल्दै उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै बोलेको मन परेन भन्दैमा कसैले पनि आकर्षण गर्न नपाइने बताए । थापाले भने, ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस् ।’ 

Advertisement

महामन्त्री थापाले गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? भन्दै कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ? भनी प्रश्न गरे । 

प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै उनले सरकारले बोल्ने होइन् काम गरेर देखाउन सल्लाह दिए । 

Advertisement

Advertisement