मेरोमाइक्रोफाइनान्सका अध्यक्ष खत्रीले लिए सपथ

Advertisement

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष सुमितबाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  

शुक्रवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Advertisement

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंकका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न नपाउने ब्यवस्था अनुरुप सो पद खाली थियो । 

संस्थाको गत बिहीबार बसेको संचालक समितिको बैठकले संचालक खत्रीलाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै प्राइम कमर्सियल बैंकबाट प्रतिनिधित्व हुने गरी नेपाल भुषण श्रेष्ठलाई संचालक समितिको सदस्यमा मनोनयन गरेको छ ।

संस्थाले ६४ जिल्लामा १४९ शाखा कार्यालयहरुबाट १ लाख ६१ हजार भन्दा बढी ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ ।

Advertisement

Advertisement