काठमाडौं। सुन तस्करीमा सात वटा कम्पनी प्रयोग भएको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ।
सुन तस्करको लागि खडा गरिएको कम्पनी,गोदाम र स्टोर प्रहरीले सार्वजनिक गरेको हो।
सुन तस्करीमा प्रयोग भएका कम्पनीहरुमा छउनगक इलेक्ट्रिक सप्लायर्स काठमाडौं ( Chhungak electric suppliers kathmandu) रहेको छ । जसको संचालकमा लेखनाथ कार्की डोली रहेका छन्। यो कम्पनीको कार्यालय बासबारी रहेको छ।
दोस्रो कम्पनी भुजेल ईलेक्ट्रिक सप्लायर्स प्रालि रहेको छ। यसका संचालक रामकुमार भुजेल रहेका छन्।
तेस्रो कम्पनीमा ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रालि( Hwada electric suppliers pvt ltd) रहेको छ । यसका संचालक कुमार बहादुर भुजेल रहेका छन्।
चौथो कम्पनीमा पवाटी ईलेक्ट्रीक सप्लायर्स प्रालि रहेको छ। यसका संचालक राम बहादुर भुजेल रहेका छन् ।
रेडी ट्रेड प्रालिले साढे ३ अर्बको सुन ल्याएको प्रहरीको निष्कर्ष, अझै अनुसन्धान गरिने !
पाँचौ कम्पनीमा दोलखा ईलेक्ट्रिक सप्लायर्स प्रा.लि रहेको छ। यो कम्पनीको सञ्चालक बिकुन्द्र भुजेल हुन् ।
यसैगरी छैटौं कम्पनीमा रेडी ट्रेड प्रालि रहेको छ । यसको सञ्चालकमा दिलिप भुजेल रहेका छन्। यो कम्पनीले मात्रै साढे ३ अर्ब रुपियाँको ३ सय २ किलो सुन आयात गरेको भेटिएको छ। सुन तस्करी गर्ने अन्य कम्पनीमा सरिता सप्लायर्स रहेको छ। जसको सञ्चालक सरिता तामाङ रहेकी छन् ।
सुन गाल्नका लागि टोखा र लाजिम्पाटको २ वटा गोदाम प्रयोग गर्ने गरेको अनुसन्धानमा देखिएको छ ।