‘सुन तस्करीको अनुसन्धान सीआईबीले सकिसक्यो’
‘सुन तस्करीको अनुसन्धान सीआईबीले सकिसक्यो’
काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालले न्युयोर्कमै चिनियाँ राष्ट्रपति राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्ने भएका छन् ।
उनले शुक्रबार संसदमा बोल्दै सी र लीसँग न्यूयोर्कमा भेटवार्ता भए पनि असोज ५ गते आफ्नो चीन भ्रमण नरोक्किने बताएका हुन् । दाहाल शनिबार राष्ट्र संघको ७८औं महासभामा भाग लिन न्युयोर्क जान लागेका छन् । आफ्नो भ्रमणबारे जानकारी दिँदै उनले सी र लीसँग साइडलाइन भेटवार्ता हुने कार्यक्रम तय भएको बताएका हुन् ।
दाहाल १९औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन भन्दै न्युयोर्कबाट चीन पनि जान लागेका छन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमै भेटवार्ता हुने बताउँदै राष्ट्र संघको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको बताए ।
यद्यपि चिनियाँ समकक्षीसँग औपचारिक भेटघाट भने चीनमै हुने दाहालको भनाई छ । त्यस क्रममा उत्तरतर्फ नाकाहरू खोल्ने विषयमा पनि छलफल हुने बताइएको छ । राष्ट्र संघको महासभामा यस पटक सानो र छरितो टोली जान लागेको दाहालले बताए । उनले अति कम विकसित देशहरूको अध्यक्षका हैसियतले नेपालले साझा चासोका विषयमा विभिन्न मञ्चमा आफ्ना धारणा राख्ने पनि पनि बताए ।
प्रधानमन्त्री दाहालले सुन तस्करीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सकिसकेको बताउँदै अब उच्चस्तरीय छानविन समिति बन्ने प्रक्रिया अघि बढेको बताए । उनले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारवाही हुने बताए पनि गौहत्यामा संलग्नहरुलाई कारवाही गर्ने विषयमा बोल्न चाहेनन् ।