‘कम्पनीको मूल्य निर्धारण बजारलाई छाड्नुपर्ने हो तर राष्ट्र बैंकको माइक्रो म्यानेजमेण्ट भयो’

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजीबजारको माइक्रो म्यानेजमेण्ट नेपाल राष्ट्र बैंक वा बोर्डले गर्ने विषयमा विवाद गर्न नहुने बताएका छन् । 

नानसँगको कुराकानीमा उनले लगानीकर्ताहरु पुँजीबजारको माइक्रो म्यानेजमेण्टको विषयमा कन्सिस्टेन्सी (एकरुपता) हुन आवश्यक रहेको बताए । हमालले पुँजीबजारको विकास र बिस्तारको लागि लगानीकर्ताहरुको व्यवहारमा, सोचमा र फिलोसोफीमा कन्सिस्टेन्सी आउनुपर्ने बताए । धितोपत्र बजारको रिफर्म गर्ने आँट र विज्ञता आफ्नो टिममा रहेको उनले बताए । 

Advertisement

अध्यक्ष हमालले समग्र अर्थतन्त्रमा देखिएको निराशाले शेयर बजारमा कन्फिडेण्टमा कमी देखिएको बताए । उनले सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिमा चाँडै ब्रेक थ्रु हुने बताए । हमालले सार्वजनिक निष्कासनमा १० कित्ते नीतिमा पनि केही पुनरावलोकन गर्ने बताए । उनले बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको बताए । 

हमालले भने, ‘कम्पनीको मूल्य निर्धारण बजारलाई छाड्नुपर्ने हो । तर यहाँ राष्ट्र बैंकको माइक्रो म्यानेजमेण्ट भयो । अर्कोतिर धितोपत्र बोर्डले माइक्रो म्यानेजमेण्ट गर्नुपर्छ भन्छौं । यसमा कुन राम्रो हो त भन्दा राम्रो भनेको कन्सिस्टेन्सी हो । हाम्रो व्यवहारमा सोचमा र हाम्रो फिलोसफीमा कन्सिस्टेन्सी आउनुपर्छ । कन्सिस्टेन्सी कहिल्यै पनि डगमगाउनु हुँदैन ।’ 

उनले थपे, ‘शेयर बजारको बारेमा अर्थतन्त्रको बाटो र मुलुकले लिएको नीति गलत छ । पछिल्लो समय शेयर बजारमा प्रिमियम मूल्य र बुक बिल्डिङ भर्शेस भन्ने कुरा आएको छ तर त्यस्तो होइन । सोच्ने क्षमतामा सुधार नभएरसम्म राज्यको नीति निर्माणले परिर्वतन सम्भव हुँदैन । नेपाल जस्तो देशमा बुक बिल्डिङ प्रणालीमा धेरै समस्याहरु छन् । धितोपत्र बोर्डको प्राथमिकता बुक बिल्डिङ प्रणालीमा आइपीओ ल्याउने हो । बुक बिल्डिङ प्रणाली केही प्राविधिक कारणले अगाडि बढाउन सकेका छैनौं । तर अन्ततिर आइपुगेका छौं । नेपालको पुँजीबजारको इतिहासमा चाँडै बुक बिल्डिङले ब्रेक थु्र पाउँछ । त्यसपछि नेपाली पुँजीबजार सकारात्मक बन्नसक्छ ।’

Advertisement

Advertisement