काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनका नाममा महानगरभित्रका विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका छ्न् । महानगरपालिकाले बुधबार एक सुचना जारी गर्दै सामुदायिक विद्यालयमा पठनपाठन नरोक्न सचेत गराएको हो ।
शिक्षा विधेयक विरुद्ध आज राजधानी काठमाडौंमा आन्दोलनमा उत्रिएका शिक्षकलाई लक्षित गर्दै बालेनले विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिएका हुन् । देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न पत्रपत्रिकामा आएको समाचार र प्रेस विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुने भएकाले आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने बताएका छन् ।
विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने कोइरालाद्धारा हस्तााक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको मिति २०६८। २।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७४ को दफा ३८ तथा अन्य प्रचलित शिक्षा ऐन तथा नियमावलीको भावना प्रतिकूल हुने गरी काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रू को अवधारणा विपरीत अवाचित कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई विदितै छ।’
यस्तो छ विज्ञप्तिः