आन्दोलनका नाममा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गरियोः स्वतन्त्र पार्टी

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनका नाममा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गरिएको बताएको छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालद्धारा बिहीबार जारी विज्ञप्तिमा आन्दोलनरत शिक्षकहरुलाई विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरिएको छ । 

शिक्षकहरुका पेशागत विकासका मागहरुमा आफूहरुकोसमेत समर्थन रहेको भन्दै स्वतन्त्र पार्टीले त्यस्ता मागहरु सरकारसमक्ष राख्ने नाउँमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गर्नुको सट्टा वैकल्पिक विधिहरु अपनाउन सुझाव दिएको छ । 

Advertisement

ढकालले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा स्वतन्त्र पार्टीले आफ्नो धारणा प्रष्टसँग राख्दै आएको र संसद्मा त्यसबारेको छलफलमा समेत आफ्नो धारणा र संशोधन प्रस्ताव राख्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भनेका छन्, ‘नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरुको गुणस्तर उकास्नुपर्छ, ती विद्यालयहरुमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौं र छौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो । शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ । नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’ 

स्वतन्त्र पार्टीले शिक्षकहरुप्रति सरकारले कहिल्यै उचित व्यवहार हुन नसकेको जनाउँदै विज्ञप्तिमा थपे भनेको छ, ‘विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्दछ तर शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने हाम्रो नीति रहेको छ,ु रास्वपाले भनेको छ, ुशिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौं ।

Advertisement

Advertisement