मन्थली विमानस्थलमा एक्सरे मेसिन नहुँदा सास्ती खेप्दै पर्यटकहरु

Advertisement

काठमाडौं । मन्थली–लुक्ला पाँच दिनसम्म ठप्प भएको उडान आजदेखि सुचारु भएको छ । रामेछापको मन्थलीबाट लुक्लाको उडानहरु सुचारु भएसँगै रामेछापमा अलपत्र परेका पर्यटकहरु आफ्नो गन्तव्यतर्फ लागन थालेका छन् । 

उक्त विमानस्थलमा एक्सरे मेसिन नहुंदा ब्यागेज तथा सरसामानहरु हातैले खानतलासी गर्नु परेको छ, यसले गर्दा समय बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुनः प्याक गर्नु पर्दा झन्झटिलो हुने गरेको पर्यटकहरुको गुनासो छ । 

Advertisement

undefined

सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा आज तारा एअरले १५ वटा उडान गर्ने तालिका रहेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पाँच दिनको पर्खाइपछि लुक्ला विमानस्थल हुँदै विभिन्न गन्तव्यतर्फ जान पाउँदा विदेशी पर्यटकहरु निक्कै खुसी भएका उनले बताए । 

पर्यटकीय मौसम शुरु भएसंगै विगतमा काठमाडौंबाट लुक्लाका लागि हुने गरेको उडानहरु केहि वर्षदेखि रामेछापबाट हुँदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप लुक्ला उडानका लागि आवश्यक पुर्वार्धारहरु बनाएसंगै उडान गर्न सहज भएको छ । 

लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरुले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यागेज एक्सरे मेसिनको माग छन् ।  

पाँच दिनदेखी मौसममा सुधार नहुँदा केही पर्यटकहरु फाप्लुको उडान मार्फत हिंडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए भने केही हेलिकप्टर मार्फत उडान गरी गन्तव्य तर्फ लागेका थिए ।  

यस विमानस्थलबाट तारा, समिट र सिता एअरले उडान भर्दै आएका छन् । 

Advertisement