हामीले नजिकबाट नियालेर हेर्दा जनता अति नै निराश र हताशमा छन्ः राजा ज्ञानेन्द्र

Advertisement

राजा ज्ञानेन्द्र शाहले दसैँको शुभकाना दिँदै देशको दुरावस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको भन्दै राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देशमा गएको डेढ दशक खेर गएको औंल्याएका छन् । 

उनले भनेका छन्, ‘डेढ दशकको अवधिमा जनता उतिविधि उत्साहमा छैनन् । हर्षित छैनन् । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्यो । न त सुधार आयो । हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो सुनिन्छ ।’

Advertisement

गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका राजा ज्ञानेन्द्र शाहले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘देश र जनतामाथि अब कुनै प्रकारको घात हुनुहुँदैन, हाम्रो यही चाहना हो ।’

Advertisement

Advertisement