दशैंको अवसर पारेर धादिङमा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुँदै

Advertisement

काठमाडौँ । दशैँ विशेषको अवसर पारेर धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको छ । कात्तिक १५ र १६ गते रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थमभञ्ज्याङ लगायतको एक्सप्लोर गर्न ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुन लागेको हो । 

नेपाल पर्यटन बोर्डमा असोज २७ गते नै ब्रोम्दिङ पर्यटन महोत्सवको घोषणा गरिएको हो । गोल्डेन ट्रयाङ्गल बाइक टुरको समापनको अवसरमा पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले संयुक्त रुपमा ब्रोम्दिङ पर्यटन महोत्सवको घोषणा गरेका हुन् ।

Advertisement

कात्तिक १५ गते ब्रोम्दिङ डाँडामा हुने महोत्सव ‘शैलुङ र दामनको विशेषता एकै ठाउँमा पाइने र सुन्दर हिमाल तथा गाउँहरुको दृश्यावलोकनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा ब्रोम्दिङको एक्सप्लोर गर्न आयोजना गर्न लागिएको जनाइएको छ । 

Advertisement

Advertisement