कुनै दलसँग हाम्रो प्रतिस्पर्धा होइन्ः रवि लामिछाने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारका बिरुद्ध साझा रुपमा लड्नुपर्ने बताएका छन् । 

शनिवार नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा उनले देशमा गरिबी, बेरोजगारी र भ्रष्टाचार सबै राजनीतिक दलका दुश्मन भएको भन्दै त्यसका बिरुद्धमा साझा रुपमा लड्नुपर्ने बताए । 

Advertisement

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी यिनै साझा दुश्मनका बिरुद्ध लडिरहेको भन्दै कुनै राजनीतिक दलहरुसँग आफूहरुको प्रतिष्पर्धा नभएको बताए । उनले आफूहरुको चुनौति पार्टी निर्माण, संगठनको चुस्तता र दस्तावेज निर्माणमा भएको बताए । 

लामिछानेले रास्वपा आफ्नै खुट्टामा अल्झिएर लड्छ कि भन्ने विषयमा सोच्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘वास्तवमा भन्नुपर्दा हाम्रो प्रतिस्पर्धा कुनै राजनीतिक दलसँग होइन । सबै राजनीतिक दलको प्रतिस्पर्धा, दुश्मनी भनौँ अथवा लड्नुपर्ने साझा दुश्मन भनेको यो देशको गरिबी, यो देशको बरोजगारी, यो देशको भ्रष्टाचार हो । त्यसकारणले हामीले त्यसरी प्रतिस्पर्धा सोचेका छैनौँ । चुनावमा लड्नुपर्ने कुरा बेग्लै होला, हामी चुनावबाहेक अरु दिनमा कुनै त्यस्तो लड्ने, प्रतिस्पर्धा गर्ने कुरा छैन् । हामी लड्नुपर्ने विषय नै साझा हो ।’

लामिछानेले नेपाली जनताका मुद्दाहरुमा मेलमिलापको नीतिको सान्दर्भिकता कहिल्यै पनि नहट्ने बताए । काँग्रेसले अंगिकार गरेको विगतको मेलमिलापको नीति, चुनौति र पात्रहरु अलग भएपनि सो नीतिलाई एउटा असल नीतिको रुपमा लिन सकिने उनको भनाई छ । 

Advertisement

Advertisement