संसदमा गुटेरेसको सम्बोधनका लागि तीब्रताका साथ तयारी गर्दैछौंः संसद सचिवालय

Advertisement

काठमाडौं । संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तीब्र पारेको जनाएका छौं ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार (भोलि) दिउँसो ४ बजे संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसको निम्ति तयारी तीब्रताका साथ भइरहेको संसद सचिवालयले बताएको हो । 

Advertisement

नानसँग कुराकानी गर्दै सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको बताए । उनले भोलि बिहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भइसक्ने बताए । 

गिरीले भने, – ‘तयारीहरु अन्तिम चरणमा पुगिसकेको अवस्था छ । अधिवेशन चलिरहेको अवस्था भएकोले सबै सिस्टमहरु रि–चेक गर्ने काम भएको छ । अन्य व्यवस्थापनका कामहरु पनि आवश्यकता अनुसार भइ नै रहेका छन् । भोलि १० बजेसम्म सबै, जे–जे गर्नुपर्ने हो खासगरी साजसज्जा लगायतका सबै कुराहरु सक्किइसक्छ कामहरु ।’

उनले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताए । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको गिरीले जानकारी दिए । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने उनले बताए । 

गिरीले थपे, ‘संसदको अभ्यासअनुसार बैठक प्रारम्भ हुन्छ । दुवै सभाको संयुक्त बैठक सञ्चालन नियमावलीले तोकेबमोजिम बैठक सञ्चालन हुन्छ । सभामुखले अध्यक्षता गर्दै बैठक सञ्चालन गर्नुहुन्छ । राष्ट्रिय सभा अध्यक्ष पनि त्यहीँ नै हुनुहुन्छ । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिवले आफ्नो सम्बोधन राख्नुहुन्छ । सम्बोधन राखिसकेपछि भोलि बस्ने सोही बैठकले नै धन्यवाद ज्ञापन प्रश्ताव समेत पारित गरेर बैठक अन्त्य हुन्छ ।’

प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद बैठकमै तत्कालै अनुवाद गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको बताए । 

‘संसदमा रोष्टमबाट बोलेको कुरो संसदमा त्यहीँ अगाडी नै रोष्टममा बसेर अनुवाद गरेर अगाडी जान सक्ने अवस्था देखिन्न । अन्य वैकल्पिक के गर्न सकिन्छ भनेर प्रयास गरिराखिएको छ’ उनले भने, ‘उत्तम विकल्प के हुनसक्छ भनेर छलफल भइरहेको छ । निष्कर्षमा पुगिसकिएको छैन ।’
 

Advertisement

Advertisement