पश्चिम नेपालमा शक्तिशाली भूकम्पपछि मोदीेले भने– सबै किसिमका सहयोग गर्न तयार छौं

Advertisement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम नेपालमा शक्तिशाली भूकम्प गएपछि नेपाललाई सबै किसिमका सहयोग गर्न तयार रहेको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले नेपालमा भूकम्पमा परी भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिवद्धता जनाएका हुन् । 

Advertisement

दुःखद घडीमा भारत नेपाली जनताका साथ उभिएको मोदीले बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । दुःखद घडीमा भारत नेपाली जनतासँगै उभिएको छ र सबै किमिसमको सम्भव सहयोग गर्न तयार छ । हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको काम गर्दछौं ।’

गए राति जाजरकोट र रुकुम क्षेत्रलाई केन्द्र बनाएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा हालसम्म १२९ जनाको मृत्यु भएको र ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । 

Advertisement

Advertisement