गैरआवासीय नेपाली संघको बद्री केसी समूहद्धारा भूकम्प पीडितलाई रु. १० लाख सहयोग

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको बद्री केसी समूहले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट प्रभावितहरुको लागि रु. १० लाख सहयोगको घोषणा गरेको छ । 

भूकम्पबाट जाजरकोट र रुकुमलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले दुखित बनाएको भन्दै नेकपा एमालेनिकट सो समूहले सो सहयोगको घोषणा गरेको हो । 

Advertisement

भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै केसी समूहले घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि गरेको छ । यस कठिन घडीमा भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनर्निर्माणमा सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको भन्दै केसी समूहले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपियाँ सहयोगको घोषणा गरेको हो । 

Advertisement