संघीयताको प्रतिफलः मधेसका मन्त्रीहरु सिंहदरबारमा अनसन बस्ने

Advertisement

काठमाडौं । प्रहरी समायोजन तथा कर्मचारी समायोजनको विषयमा दबाब दिन भन्दै मधेस सरकारका मन्त्रीहरु सिंहदरबारमा अनशन बस्ने भएका छन् । 

२०७५ सालमै प्रदेश प्रहरी ऐन मधेस सभाबाट पारित भए पनि संघीय सरकारको उदासिनताले हालसम्म ऐन कार्यान्वयनमा आउन नसकेको भन्दै मधेसा मन्त्रीहरुले सो ऐन कार्यान्वयनमा ल्याउनका लागि दबाब दिन सिंहदरबारमा अनसन बस्ने घोषणा गरेका हुन् । 

Advertisement

कर्मचारी समायोजन तथा प्रदेश प्रहरी ऐन कार्यान्वयनको विषयमा माग सम्बोधन नभए राजधानी काठमाडौं आएर सिंहदरबार अगाडी अनसनमा बस्ने मधेसको मुख्यमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले निर्णय गरेको हो । 

बैठकले प्रहरी समायोजन, कर्मचारी समायोजन, गुठीको जग्गा व्यवस्थापन, वनसम्बन्धी मधेस सरकारको माग पूरा गराउन दबाब दिने निर्णय गरिएको मधेसका गृह तथा सञ्चारमन्त्री मोहम्मद समिमले जानकारी दिए । उनले मधेस सरकारले राख्दै आएको यी मागहरु सम्बोधन नभए काठमाडौं गएर अनशनमा बस्ने चेतावनी दिए । 

समिमले यही शुक्रवार प्रधानमन्त्री समक्ष प्रदेश सरकारले आफ्ना माग सम्बोधनका लागि माग गर्ने जानकारी दिए । संघ सरकारलाई दिइएको समय भित्रपनि माग सम्बोधन नभए त्यही अनशनमा बस्ने उनले बताए । 

Advertisement

Advertisement