राष्ट्रपति पौडेल युरोप नजाने

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपति कार्यालयका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जनाएको छ । 

पौडेलका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएकाले राष्ट्रपतिको भ्रमण स्थगित गरिएको बताए । 

Advertisement

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन पौडेल कात्तिक २२ मा त्यसतर्फ जाने र  त्यसपछि जर्मनी र इटाली पनि पुगेर फर्किने १० दिनको कार्यक्रम थियो । 

Advertisement

Advertisement