देश बन्छ तर कहिले बन्छ त ? भन्दा  ‘हाइज्याकर’हरुको अन्त्य गरेपछीः रवि लामिछाने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका नेता र आफूलाई ठूलो मिडियाको सञ्चालक ठान्नेहरुतर्फ लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । 

उनले कान्तिपुर र उसको सञ्चालकतर्फ लक्षित गर्दै आफूविरुद्ध तलबी सेना नखटाउन, हिम्मत भए आँखा जुधाएर सामना गर्न पनि चुनौति दिएका छन् । साथै, लामिछानेले देश बन्छ तर कहिले बन्छ त ? भन्दा ‘हाइज्याकर’हरुको अन्त्य चुनावबाट गरेपछी बन्द भन्दै त्यो समय ८४ को चुनाव भएको बताएका छन् । 

Advertisement

यस्तो छ लामिछानेको टिप्पणीः 
राज्यका निकायहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेको दिनदेखि देश बन्न शुरु हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ । त्यसपछी मिडिया÷सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन। आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं, तलबी सेना ‘अफ बिट’मा ननचाऔं । फेस गरौं, फेस नलुकाऔं । व्यवस्थाका केही ‘हाइज्याकर’हरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ । नागरिकका अधिकार बिचमा बसेर लुट्ने र ‘हाइज्याकर’को रक्षाका लागि दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टि लिए, समाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो ।

स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै, पेलेको पेल्यै, पेलेको पेल्यै पनि नगरौं, देश बन्छ। अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा,  हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ। चुनाव कहिले ?? ८४ मा । हैट, चौराआआआआआसिमा ????!!

Advertisement

Advertisement