बालेनद्धारा राष्ट्रियसभा निर्वाचन बहिस्कार

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले राष्ट्रियसभाका सदस्यको चयनका लागि बिहीबार भएको निर्वाचन बहिस्कार गरेका छन् । 

यसअघि गत बर्षको संसदीय निर्वाचनमा प्रदेशतर्फको मत नहालेर चर्चामा आएका उनले अहिले राष्ट्रिसभा निर्वाचन बहिस्कार गरेका हुन् । बालेनले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पूराना शक्तिशाली दलका उम्मेदवारहरुलाई हराउँदै स्वतन्त्र ढंगले मेयरमा निर्वाचन भएका हुन् । 

Advertisement

उपप्रमुख सुनिता डंगोल भने भोट हाल्न हेटौंडा पुगेकी छन् ।  उनी एमालेबाट उम्मेदवार भएर चुनाव जितेकी हुन् । डंगोल केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न सो पार्टीका नेताहरुसँग भेटघाट गरेको चाल पाएपछि एमालेले रोक्न विभिन्न उपाय गर्दै आएको छ ।   

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती तर्फको मतदान हेटौंडामा भइरहेको छ । 

Advertisement

Advertisement