सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको साधारण सभाबाट छ जना सञ्चालक निर्वाचित

Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । 

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा  प्रस्तुत अघिल्लो आव ०७८/७९ वार्षिक प्रतिवेदनसहित लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । 

Advertisement

सभाले संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने कुमारप्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरतकुमार तोदी तथा सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक केशवराज केसी र परिक्षीत खेम्कालाई सञ्चालक निर्वाचित गरेको छ ।

Advertisement

Advertisement