तीन वाणिज्य बैंक र दुई विकास बैंकले मात्रै घटाए खराब कर्जा, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८१ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

खराब कर्जा (एनपीएल) बढ्दा अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छ । यसैक्रममा २० वाणिज्य बैंकमध्ये ३ वटाले मात्रै खराब कर्जा घटाएका छन् भने राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये २ वटाले मात्रै अघिल्लो आवको समीक्षा अवधि भन्दा खराब कर्जा घटाएका छन् ।

Advertisement

वाणिज्य बैंकतर्फ सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको छ भने एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम छ । चालु आवको दोस्रो त्रैमाससम्मको तथ्याङ्क हेर्दा नबिल, सिद्धार्थ र कृषि विकास बैंकले मात्रै खराब कर्जा घटाएका छन् । नौवटा बैंकको खराब कर्जा ४ प्रतिशत माथि छ ।

बैंकहरुको नाफा घट्यो, दोस्रो त्रैमासमा २० वाणिज्य बैंकमध्ये कुनले कति कमाए ? (सूचीसहित)

त्यस्तै विकास बैंकतर्फ कामना सेवा र महालक्ष्मी विकास बैंकले मात्रै खराब कर्जा घटाएका छन् । मुक्तिनाथ विकास बैंकको खराब कर्जा सबैभन्दा कम र सांग्रिला विकास बैंकको खराब कर्जा सबैभन्दा बढी छ । विभिन्न ३ वटा बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथि छ । 

विकास बैंकहरुको नाफा करीब ११ प्रतिशत घट्योः छ महिनामा सवा २ अर्ब कमाए (सूचीसहित)

चालु आवको दोस्रो त्रैमासम्म वाणिज्य बैंकहरुको खराब कर्जा औषतमा ०.९७ र विकास बैंकहरुको खराब कर्जा औषतमा ०.८१ प्रतिशतले बढेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको खराब कर्जा ५ प्रतिशत भन्दा माथि पुगेमा सुधारात्मक कारवाही हुन्छ । 

कुन बैंकको खराब कर्जा कति ? 

undefinedundefined

Advertisement

Advertisement