आज ४ वटा संसदीय समितिको बैठक बस्दै, के–के विषयमाथि हुँदैछ छलफल ?

Advertisement

काठमाडौं । सोमबार (आज) एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । 

जसअनुसार बिहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बसेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल हुने कार्यक्रम छ । 

Advertisement

त्यस्तै बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ । 

त्यसैगरी बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ भने दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालमा जनसंख्याको हालको अवस्थाअनुसार जनसंख्या नीीतमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुनेछ ।

Advertisement

Advertisement