तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिताकोे उपाधी साजन र श्रीजनालाई

Advertisement

काठमाडौं । पहिलो पटक आयोजित तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) सोमबार सम्पन्न भएको छ । 

उक्त प्रतियोगितामा पुरुषतर्फ साजन लामा र महिलातर्फ श्रीजना तामाङ प्रथम भएका छन् ।  उनीहरुले नगद १५ हजारसहित हेङ्गिङ ब्याच प्राप्त गरेका छन् ।  त्यस्तै, दोस्रो र तेस्रो क्रमशः पुरुषतर्फ क्रमशः दिपन गुरुङ र बिजय सुनार भए । यसैगरी महिलातर्फ दोस्रो र तेस्रो स्थान क्रमशः प्रेणा राई र याङ्ग्ला भोटे भइन् । उनीहरुले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारसहित हेङ्गिङ ब्याच प्राप्त गरे ।

Advertisement

बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आयोजित प्रतितोगितामा पुरुषतर्फ ३८ र महिलातर्फ २० जनाको सहभागिता थियो ।  कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा र १९५३ को सगरमाथा आरोहणको टोलीका सदस्य कान्छा शेर्पाले गरेका थियो । 

प्रतियोगिताको उपाधी बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव टंकलाल घिसिङले नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरेका थिए । साथै विजेताले अन्नपूर्ण भ्यू होटल सराङकोटमा एक रात बस्न पाउने छन् । 

युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पाले युएस नेपाल क्लाइमस एसोसिएसन, युएसएनसीए र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले संयुक्त रूपमा आरोहण खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए । 

तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा कार्यक्रम गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेशनल माउन्टेन गाइड एशोसियसनका महासचिव छिरिङ जाङबु शेर्पाले बताए । शेर्पाले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रद्धाञ्जली पनि हो ।’ 

यो प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेहरुलाई अझ प्रोत्साहन गर्ने युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका संस्थापक अध्यक्ष सेराप जाङ्बु शेर्पाले बताए । ‘हामीले अमेरिकामा पनि टप रोप इडिशनको आयोजना गर्दै आएकोले यस पटक आफ्नै देशमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग मिलेर उक्त प्रतियोगिता तेन्जिङ नोर्गे शेर्पाको नाम दिएर योजना गरेका हौं’, उनले भने । 

युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका कोषाध्यक्ष लाक्पा नुरु शेर्पाले आरोहणको खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेका बताए । 
 

Advertisement

Advertisement