आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

Advertisement

काठमाडौं । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसमा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

Advertisement

राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही,  लुम्बिनी र  गण्डकी  प्रदेशका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार र बिहीबार  तापक्रम घटेर चिसो बढ्नसक्ने सम्भावना छ ।

Advertisement

Advertisement