अन्तरराष्ट्रिय सम्बन्ध समितिको प्रतिनिधिमण्डले नेपाल-भारत सम्बन्धबारे छलफल गर्यो

Advertisement

काठमाडौँ । भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले बुधबारभारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ ।

नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

Advertisement

नेपाली प्रतिनिधिमण्डलले लोकसभाका अध्यक्ष ओमवीर लकोटासँग भेटवार्ता गरेको थियो ।

Advertisement

Advertisement