आजको मौसमः विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

Advertisement

 

काठमाडौं । बिहीबार पश्चिमी वायुको प्रभाव रहँदा देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । 

Advertisement

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मध्य तथा पूर्वी  तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

पहाडी भूभागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement

Advertisement