नेशनल लाईफले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई गरायो लुम्विनी र रानीमहल भ्रमण

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई लुम्विनी लक्जरी टुरको अवसर प्रदान गरेको छ । कम्पनीले आफ्नो सो योजना अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानी महल भ्रमण गराएको हो ।

नेशनल लाइफका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा  प्रमुखहरु र देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट भएका करिब ४०० भन्दा बढि अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । 

Advertisement

सो अवसरमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरु बिच एक आपसमा अन्र्तक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुने बताइन । 

त्यस्तै, कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा लग्न अभिकर्ताहरुको ठूलो हात रहने बताएका थिए ।

एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले कार्यक्रमको संचालन गरेका थिए भने सो कार्यक्रममा नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको ऐतिहासिक रानीमहल भ्रमण गर्ने अवसर पाएकोमा अभिकर्ताहरुले आभार व्यक्त गरेका थिए ।

Advertisement

Advertisement