भारतका प्रधानमन्त्री एक्कासी नेपाल आउने तयारीमा

Advertisement

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एक्कासी नेपाल आउने तयारी गरेका छन् । उनी एक महिना भित्र नेपाल आउने बताइएको छ । 

मोदीको भ्रमणका लागि सरकारी उच्चस्तरमा तयारी भएको समाचार छ । यसअघि पनि पटक पटक नेपाल भ्रमण गरिसकेका मोदीको आसन्न भ्रमण भने अर्थपूर्ण देखिन्छ । 

Advertisement

प्रधानमन्त्री कार्यालयदेखि, परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय मोदीको भ्रमण तयारीको लागि तयारीमा लागिसकेको छ । भ्रमणको तयारीका लागि भारतीय अधिकारीहरु नेपाल आउने जाने क्रम बढेर गएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको यसअघिको नयाँ दिल्ली भ्रमणका क्रममा उनले दिएको निम्तोमा मोदी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयको भनाई छ । भारतमा संसदीय निर्वाचन हुन लागेको बेला र उत्तर प्रदेशको अयोध्यामा भव्यताका साथ राम मन्दिरको प्राणप्रतिष्ठा भएको सन्दर्भमा हुन लागेको उनको नेपाल भ्रमण राजनीतिकभन्दा पनि धार्मिक उद्देश्य बढी हुने देखिन्छ । 

नेपालमा पनि हिन्दू अधिराज्य पुनस्थापनाको माग भइरहेको आउन लागेका मोदीले पशुपतिनाथको दर्शनसँगै नेपालका धार्मिक क्षेत्रका व्यक्तिहरुसँग पनि भेटवार्ता गर्नसक्ने संभावना देखिन्छ । 

पहिलो पटक प्रधानमन्त्री भएपछि छिमेकी देशहरुको भ्रमण गर्ने क्रममा पहिलो भ्रमण नेपालबाट गरेका मोदी त्यसपछि चार–पाँच पटक नेपाल भ्रमण गरिसकेका छन् । उनले केही समयअघि नेपालको प्रशासनलाई जानकारी नदिई कालापानी क्षेत्रको समेत भ्रमण गरेर फर्किएका थिए । 

Advertisement

Advertisement