आजको मौसम : कर्णालीलगायतका केही प्रदेशमा वर्षा, हिमाली भेगमा हिमपात
प्रतीकात्मक तस्बिर

Advertisement

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

त्यस्तै, राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement

Advertisement