मिथिला लघुवित्तको नाफा १.३३ करोड, चुक्ता पुँजी १९ करोड ६० लाख रुपियाँ

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा मिथिला लघुवित्त वित्तीय संस्थाले १ करोड ३३ लाख रुपियाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २ करोड १७ लाख रुपियाँ नाफा गरेको थियो ।

त्यसैगरी, संस्थाको खराब कर्जा बढेको छ । गत आवको दोस्रो त्रैमासमा ३.२९ प्रतिशत रहेको यस्तो कर्जा समीक्षा अवधिमा ४.४७ प्रतिशत पुगेको छ ।

Advertisement

पुस मसान्तसम्म लघुवित्तले ५ करोड ५७ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तले ५ करोड ५२ लाख रुपियाँ ब्याज आम्दानी गरेको थियो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी ७ करोड ७ लाख रुपियाँ, सञ्चालन नाफा १ करोड १२ लाख रुपियाँ रहेको छ ।

त्यस्तै, चुक्ता पुँजी १९ करोड ६० लाख रुपियाँ, जगेडा कोष १३ करोड १७ लाख रुपियाँ, निक्षेप ९४ करोड ७४ लाख रुपियाँ रहेको छ । 

लघुवित्तको प्रतिशेयर आम्दानी १३.६० रुपियाँ, प्रतिशेयर नेटवर्थ १६७.२२ रुपियाँ र मूल्य आम्दानी अनुपात ५८.७७ गुणा छ ।

Advertisement

Advertisement