कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्ने स्थित श्री सत्यवती देवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्साललेसत्यवती देवी आधारभुत विद्यालयको प्रधानाध्यापक ईश्वरबहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।  

Advertisement

उक्त कार्यक्रममा विद्यालयका विद्यार्र्थीहरु, शिक्षकहरु तथा स्थानीय महानुभावहरु साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ  ।


 

Advertisement

Advertisement