परिसंघ र साना तथा मझौला जर्मन व्यवसायिक संघबीच समझदारी

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बीभीएमडब्ल्यू) बीच दुई द्विपक्षीय व्यावसायिक सम्बन्ध एवं सहकार्यका लागि समझदारी भएको छ । 

उक्त समझदारी पत्रमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गरेका छन् । 

Advertisement

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरूबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताए । उनले नेपाल र जर्मन एसएमइज् बीचको सहकार्यले दुबै राष्ट्रको विकासमा टेवा पुयाउने र समृद्धितर्फ डोयाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले यस सहकार्यले व्यावसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताए । उनले दुबै देशका साना तथा मझौला उद्योगहरूबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्न समेत यसले उल्लेख्य योगदान गर्ने बताए ।

बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि थपलियाले यस समझदारीको उद्देश्य व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हुने संयुक्त उद्यमका अवसरहरू खोज्ने रहेको बताए ।

सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपक राज जोशी, सीएनआई वमन लिडरसिप फोरम सदस्य रिता भण्डारीलगायत सहभागी थिए ।

Advertisement

Advertisement