आजको मौसम : तराईमा हुस्सु, गण्डकी र कोशी प्रदेशमा हिमपातको सम्भावना

Advertisement

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखिएको छ। तराईका अधिकांश स्थानमा भने हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

त्यस्तै, कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement

Advertisement