सोल्टी होटलको आम्दानी ९.४४ प्रतिशतले बढ्यो, जगेडा कोषमा १ अर्ब ४८ करोड

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सोल्टी होटलको आम्दानी बढेको छ । 

होटलले समीक्षा अवधिमा १ अर्ब ५ करोड ८ लाख रुपियाँ आम्दानी गरेको छ । यो गत आवको तुलनामा ९.४४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो आम्दानी ९६ करोड १ लाख रुपियाँ थियो ।

Advertisement

आम्दानी बढेसँगै होटलको खुद नाफा पनि सामान्य बढेको छ । समीक्षा अवधिमा होटलको खुद नाफा ४.६४ प्रतिशत बढेर २६ करोड ३१ लाख रुपियाँ पुगेको छ । त्यसैगरी, होटलको कुल खर्च १२.०८ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३.८२ प्रतिशत बढेको छ । पुस मसान्तसम्म होटलको वित्तीय खर्च भने ८५.१८ प्रतिशत घटेको छ ।

त्यस्तै, दोस्रो त्रैमासमा होटलको प्रतिशेयर आम्दानी भने २ पैसाले घटेर ५.९५ रुपियाँ, प्रतिशेयर नेटवर्थ २६.७८ रुपियाँ र मूल्य आम्दानी अनुपात ८०.३६ गुणा रहेको छ ।

८८ करोड ४७ लाख रुपियाँ चुक्ता पुँजी तथा जगेडा कोषमा १ अर्ब ४८ करोड ४८ लाख रुपियाँ छ ।

Advertisement

Advertisement