आजको मौसम : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला दिन ?
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Advertisement

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement

Advertisement