जेलमा रहेका पूर्व थाई प्रधानमन्त्री थाक्सिन रिहा हुने

Advertisement

बैंकक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताएका छन् । 

मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन यस महिना जेलबाट छुटकरा पाउनका लागि  स्वीकृत नौ सय ३० कैदीहरू मध्ये  एक  जना भएको बताए । ७४ बर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मृक्तीको  लागि सुचि बद्ध भएका उनको भनाई छ । 

Advertisement

करिव छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा  रिहा हुने अपेक्षा गरिएको छ । ताहसिनल  १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्कीनु भएको थियो । उनलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्स्थताका कारण छोटो समयमै बैङ्ककको जेलबाट अस्पतालमा सारेदेखि अस्पतालमा नै रहेको बताईएको छ । 

गत सेप्टेम्बरमा, थाई राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो । 

थाक्सिनले सन् २००१  देखि २००६  सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८  स्व–निर्वासनमा रहेका थिए । रासस–सिन्ह्वा   

Advertisement

Advertisement