टुरिजम हिरो अवार्डस् कार्यक्रममा ३१ विधामा अवार्डस् प्रदान गरिने

Advertisement

काठमाडौं । नेपालको पर्यटन प्रबर्द्धनमा योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरु मध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ । 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको जानकारी दिए ।

Advertisement

अध्यक्ष धमेन्द्र सापकोटाले यो अवार्ड विशुद्ध पर्यटन प्रबर्धनमा योगदान पुयाउने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उदेश्यले आयोजना गरिएको बताए ।  यसमा आयोजकले विवादमा आउने कुनै पनि कार्य नगर्ने नगराउने प्रतिबद्धता बनाए । आगामी मार्च १९ मा काठमाडौँमा आयोजना हुने एक समारोहमा यस अवार्डस् विजेताहरुलाई अवार्ड ट्रफी हस्तान्तरण गरिनेछ ।

होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कुल ३१ विधामा पाँचसय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिजम हिरो अवार्डको नोमिनेस आजैबाट खुल्ला गरिएको छ । टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जोकोहीले आफ्नो लागि वा अरुको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सकिने अध्यक्ष सापकोटाले जानकारी दिए ।

यसरी प्राप्त नोमिनेसनहरु मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनहरुलाई सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाईनेछन् । भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारिक व्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढी भन्दा बढी भोटिङ्का लागि आह्वान गरिनेछ । प्राप्त पब्लिक भोटलाई आधार मान्दै सम्मानित जुरिहरुको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरि टुरिजम हिरो अवार्ड ट्रफि समेत हस्तान्तरण गरिनेछ । यो सम्पूर्ण प्रकृया वेभमा आधारित र निःशुल्क हुने उनले बताए । 

यस अवार्डको आयोजकका तर्फबाट बोल्दै कार्यक्रम संयोजक प्रमिलाले भनिन्, ‘अवार्डमा सहभागीहरू कसैबाट पनि नोमिनेसन फि वा कुनै किसिमको शुल्क लिईनेछैन ।’ 

अवार्डमा समवेश विधा

१। बेस्ट ट्राभल एजेन्सि अफ द इअर

२। बेस्ट ट्राभल एजेन्सि अफ द इअर होलिडे

३। बेस्ट ट्राभल एजेन्सि अफ द इअर इनबाउण्ड

४। बेस्ट टेक्नोलोजी फर ट्राभल एण्ड टुरिजम

५। सिईओ अफ द इअर हस्पिटालिटी

६। सिईओ अफ दि इअर ट्राभल

७। बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर
८। टुरिजम पर्सनालिटी अफ द इअर-जर्नालिस्ट

९। टुरिजम पर्सनालिटी अफ द इअर - अन्टरप्रेन्युअर

१०। टुरिजम पर्सनालिटी अफ द इअर -एनआरएन

११। टुरिजम पर्सनालिटी अफ द इअर वुमन अन्टरप्रेन्युअर

१२। टुरिजम पर्सनालिटी अफ द इअर ब्राण्डिङ्ग एण्ड मार्केटिङ्ङ्ग

१३। मस्ट आईकोनिक इन्फ्रास्ट्रक्चर

१४। म्युनिसिपालिटी अफ द इअर १५। रुलर म्युनिसिपालिटी अफ द इअर

१६। मेयर अफ द इअर

१७। टुरिजम हिरो २०२४

होटलतर्फ

१। बेस्ट होटल अफ द इअर फाईभ स्टार

२। बेस्ट होटल अफ द इअर फोर स्टार

घ। बेस्ट होटल अफ द इअर थ्रि स्टार

४। बेस्ट रिसोर्ट अफ द इअर

५। बेस्ट बुटिक होटल अफ द इअर

६। बेस्ट होटल टुरिस्ट स्टाण्डर्ड नन् स्टार

७। बेस्ट चेन होटल अफ द इअर नेशनल

८। बेस्ट होटल अफ द इअर डिजाईन एण्ड इन्फ्रास्ट्रक्चर

९। बेस्ट होटल अफ द इअर इको फ्रेण्डली

१०। बेस्ट रेष्टुराँ अफ द इअर

११। बेस्ट चेन रेस्टुराँ अफ द इअर नेशनल

१२। बेस्ट सेफ अफ द इअर नेपाली

१३। बेस्ट सेफ अफ द इअर इन्टरनेशनल

१४। बेस्ट क्यासिनो अफ द इअर

Advertisement

Advertisement