गुहेश्वरी मर्चेन्ट बैंकिङको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

Advertisement

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले काठमाडौं २२ पशुपति प्लाजास्थित न्यूरोड शाखाबाट प्रदान गर्दै आएको सेवा काठमाडौं २३ धर्मपथबाट शुरु गरेको छ । 

स्थानान्तरण गरिएको शाखा फाइनान्सका अध्यक्ष युवराज भण्डारीले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

Advertisement

उक्त अवसरमा फाइनान्सका सीईओ तोयराज अधिकारी, एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी र शाखा प्रमुख अनिता न्यौपानेसहितका कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो । 

यस संस्थाले मुलुकभर २३ वटा शाखा, ४ वटा बिस्तारित काउन्टरबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।  

Advertisement

Advertisement