बेपत्ता पर्यटकको शव निकालियो

Advertisement

काठमाडौं । बेपत्ता पर्यटकको शव निकालिएको छ । सशस्त्र प्रहरी बलको विपद् उद्धार टिमले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेकी २१ वर्षीया पर्यटक पिया जोसको शव भिरबाट निकालेको छ । 

पोखरा फर्कने क्रममा शनिबार साँझ अर्का एक पर्यटकले आफ्नो जर्मन केटी साथी भीरबाट खसेको भन्ने जानकारी गराएपछि नं. २४ कालिका गण कास्कीबाट उनको खोजी तथा उद्धारको लागि सुरक्षा फौज परिचालन भएको थियो ।

Advertisement

खोज तथा उद्धारको क्रममा आइतबार बिहान उनको शव रुखमा अड्किएको अवस्थामा फेला परेको  सशस्त्र प्रहरीले जनाएको छ । 
         
                                        

Advertisement

Advertisement