खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै, सात महिनामा भित्रिए आठ सय ८३ पर्यटक
फाइल तस्बिर

Advertisement

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । 

सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका हुन् । 

Advertisement

खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ विदेशी र आठ सय ६५ स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् । 

आव २०७७–७८ मा तीन विदेशी र एक हजार छ सय ८५ नेपालीले तथा २०७८–७९ मा १९ विदेशी, तीन सार्क राष्ट्रका र दुई हजार एक सय ८७ नेपालीले खप्तडको भ्रमण गरेका निकुञ्ज कार्यालयले जनाएको छ । आव २०७९–८० मा दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । रासस

Advertisement

Advertisement