अन्तरराष्ट्रिय उडान गर्ने चार कम्पनीले तिरेनन् २५ करोड ६५ लाख हवाई सेवा कर

Advertisement

काठमाडौं ।  अन्तरराष्ट्रिय उडान गर्ने चार एयरलाइन्स कम्पनीले नेपाललाई २५ करोड ६५ लाख ८१ हजार रुपियाँ बरारबको हवाई सेवा कर नतिरेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको २०७९(८० को (६१ औं) लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो । 

कुनै नेपालबाट अर्को मुलुकमा जाने यात्रु ओसारपसार गर्दा सम्बन्धित एयरलाइन्स कम्पनीले पाँच प्रतिशत हवाई सेवा कर तिर्नुपर्छ । तर, आन्तरीक राजश्व कार्यालय, पुतलीसडकमा दर्ता भएका बिभिन्न चार कम्पनीले त्यसबापत २५ करोड ६५ लाख ८१ हजार रुपैयाँ कर नतिरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यसमा लाग्ने शुल्क र व्याजसमेत असुल गर्न छानविन गर्नुपर्ने महालेखाले बताएको छ । 

Advertisement

महालेखाले कम्पनीको नाम भने उल्लेख गरेको छैन । चीन उडान गर्ने एक कम्पनीले दुई करोड ६४ लाख १० हजार रुपियाँ नेपाललाई कर बुझाउनुपर्नेछ । उक्त कम्पनीले समीक्षा बर्षमा नौ हजार दुई सय १५ जना यात्रु चीन लगेको थियो । त्यसमा प्रतिव्यक्ति औसत भाडादर ५७ हजार तीन सय २० रुपियाँ रहेको महालेखाको भनाइ छ । 

चीनमै उडान गर्ने अर्को एक कम्पनीले पनि दुई करोड ७४ लाख ६२ हजार कर तिर्नपर्ने देखिएको छ । उक्त कम्पनीले समिक्षा अवधीमा नौ हजार पाँच सय ८२ जना यात्रु नेपालबाट चीन लगेको छ । त्यसमा प्रतिव्यक्ति औसत भाडा पनि ५७ हजार तीन सय २० रुपियाँ रहेको छ । 

यस्तै, अंकरा उडान गर्ने एक एयरलाइन्स कम्पनीले पनि १५ करोड ७८ लाख ५५ हजार रुपियाँ कर तिर्नुपर्न देखिएको छ । उक्त कम्पनीले ४५ हजार ५५० जना यात्रु उक्त गन्तव्यमा पुर्याएको छ । त्यसमा प्रतिव्यक्ति औसत भाडा ६९ हवार तीन सय११ रुपियाँ रहेको छ । 

यसैगरी कुवेत उडान गर्ने कम्पनीबाट चार करोड ४८ लाख ५४ हजार रुपियाँ कर उठाउनुपर्ने महालेखाले बताएको छ । उक्त कम्पनीले २३ हजार  ७८ जना यात्रु नेपालबाट उक्त गन्तव्यमा पुर्याएको छ । त्यसमा प्रतिव्यक्ति औसत भाडा ३८ हजार आठ सय ७२ रुपियाँ रहेको छ । 

Advertisement

Advertisement