बाह्र सय मेगावाट विद्युत भारत निर्यात गर्दै प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ । 

आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय विद्युत् मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

Advertisement

आन्तरिक खपत विस्तारका बाबजुद पनि यो वर्ष उच्चतम करिब एक हजार दुई सय मेगावाटसम्म अधिक हुने देखिएको छ । बर्खामा नदीमा पानीको बहाव बढ्दै जाँदा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने जडित क्षमता पनि तीन हजार १४१ मेगावाट पुगिसकेको छ । 

‘पूर्ण क्षमतामा आयोजना सञ्चालन हुँदा विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ,’ उनले भने, ‘यो वर्षायाममा एक हजार दुई सय मेगावाटसम्म विद्युत् भारत निर्यात गर्न प्रस्ताव पठाएका छौँ  ।’ 

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले पिक डिमान्ड दुई हजार मेगावाट रेकर्ड गरिरहेको छ । यसले आन्तरिक खपत पनि बढाएको र यो वर्ष एक हजार दुई सय मेगावाटसम्म विद्युत् भारत निर्यात गर्ने योजनाअनुसार प्रस्ताव घिसिङको भनाइ छ । 

प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड तथा रियलटाइम मार्केट र द्विपक्षीय सम्झौताबमोजिम यस विद्युत् वर्ष निर्यातको योजना बनाएको छ । द्विपक्षीय सम्झौताबमोजिम विहार राज्यलाई करिब दुई सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब चार सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लिएनभिभिएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिए । 

वर्षासँगै खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको प्राधिकरणले जनाएको छ 

Advertisement

Advertisement