क्रिकेट वर्ल्ड कपमा सिजीको टिभी किन्नेलाई ४० हजार भन्दा धेरै क्यासब्याक !

Advertisement

काठमाडौं । विश्वकप टि-२० को अवसरमा सिजीको टिभिी किन्नेले ४० हजार भन्दा धेरै क्यासब्याक पाउने भएका छन्

चौधरी ग्रुप अन्तरर्गतको सिजी इलेक्ट्रोनिक्सले ‘नेपाली टिमको गेम, नेपाली टिभी मै हेरौं’ भन्ने मूल नारा सहित ‘खेल नेपालीको टिभी नेपालको’ योजना सार्वजनिक गरेको हो ।

Advertisement

यो योजना अन्तरर्गत योजना अवधिभर सिजी ब्राण्डका टिभी किन्ने ग्राहकले २५ देखि ५५ इन्चका टिभीमा ४० हजार ३ सयसम्मको क्यासब्याक र ६५ र ७५ इन्चको टिभीमा ४० हजार ३०० सम्म क्यासब्याकका साथै टु इन वान स्पिकर पनि पाउने सिजी इलेक्ट्रोनिक्सका नेशनल सेल्स म्यानेजर हरीचन्द्र अर्यालले जानकारी दिए । 

‘नेपाली टिम विश्वकपमा पुगेकोमा हामी सबै नेपाली गौरवान्वित छौं । यही खुशी बाँड्न हामीले यो योजना ल्याएका हौं । नेपालीहरुले नेपालको खेल नेपाली टिभी मै हेरुन् भन्ने हाम्रो चहाना हो,’ उनले कर्पोरेट नेपालसगँ भने । 

 

null

हाल सिजीका २४ देखि ७५ इन्चसम्मका विभिन्न ७ वटा साइजका टिभी बजारमा छन् भने कम्पनीले ग्राहकको मागलाई सम्बोधन गर्दै नर्मल, स्मार्ट, एन्ड्रोइड, गुगल, यूएचडी, क्यूलेड प्रविधिका टिभी उत्पादन गरिरहेको छ । 

ग्राहकले आफ्नो रोजाई अनुसार सिजीका १३ हजार ९ सय ९० देखि १ लाख ७९ हजार ६ सय ९० रुपैयाँसम्मका टिभी रोज्न सक्नेछन् । 

सिजी इलेक्ट्रिोनिक्सले सन् २००४ देखि डिभिडि प्लेयर र चेस्ट फ्रिजरबाट उत्पादन सुरु गरेको थियो । हाल सिजिका दर्जन बढी उत्पादन बजारमा छन् । यो २० वर्षको अवधीमा सिजी नेपालको सबैभन्दा ठुलो ब्राण्ड बनेको अर्यालको दावी छ । 

‘सिजी टर्न ओभरको हिसावले मल्टिनेशनल ब्राण्ड पछिको सबैभन्दा ठूलो र  क्वान्टिटीको हिसावले मल्टिब्राण्ड भन्दा पनि अघि छ । यो उपलब्धी हाम्रो उत्पादनको गुणस्तर, विक्री पछिको सेवा र ग्राहकको विस्वासको परिणाम हो,’अर्यालले भने । 

सिजीको टिभीले नेपालको टिभी बजारमा १५ प्रतिशत हिस्सा आगेटेको उनले जानकारी दिए । ग्राहकको सुविधाका लागि कम्पनीले टिभीमा ३ वर्षको वारेन्टी दिएको छ भने सेल्स र सर्भिसका लागि डिलर, शोरुम र ब्राण्ड शप गरेर देशभर ४ सय भन्दा धेरै संजाल बनाई सकेको छ । 

त्यस्तै, टिभीमा केही समस्या आए ग्राहकले टोल फ्रि हटलाईनमा सम्पर्क गरे २४ घण्टा भित्रमा समस्याको सम्बोधन हुने उनले जानकारी दिए ।

त्यसैगरी कम्पनीले किस्ताबन्दीमा टिभी किन्न चहानेका लागि विभिन्न बैंकसगँ सम्झौता गरेको छ । यो सुविधा लिन नजिकको डिलरमा सम्पर्क गर्न सकिने अर्यालले बताए । किस्ताबन्दीको सुविधा लिएबापत ग्राहकले कुनैपनि प्रकारको ब्याज तिर्नुपर्ने छैन ।  

undefined


 

Advertisement

Advertisement