प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

Advertisement

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । 

Advertisement

सो अवसरमा उनीहरुबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको शपथग्रहण समारोहमा सहभागी हुन हिजै नयाँ दिल्ली प्रस्थान गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डका साथमा उनीकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि रहेका छन् । 

प्रधानमन्त्री प्रचण्ड आज साँझ  स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

Advertisement

Advertisement