टर्कीले गुगललाई झण्डै १५ मिलियन अमेरिकी डलर जरिवाना गर्यो

Advertisement

काठमाडौं । टर्कीको प्रतिष्पर्धा बोर्डले होटेल खोज क्वेरीसँग सम्बन्धित आदेशको पालना नगरेकोमा अमेरिकी टेक जायन्ट गुगललाई ४८२ मिलियन लिरा (लगभग १५ मिलियन अमेरिकी डलर) जरिवाना गरेको छ । 

नियामक निकायले होटेल खोजीका लागि सुझाव दिइएका सावधानीका उपायहरू नअपनाएको भन्दै कारबाही गरेको बताएको छ । बोर्डले मार्चमा गुगलमा अनुसन्धान शुरु गरेको अप्रिलको मध्यदेखि शुरु हुने आदेशको पालना नगरेसम्म यसको २०२३ राजश्वको ०.०५ प्रतिशत दैनिक जरिवाना लगाएको बताएको छ । 

Advertisement

यसले यसअघि सामाजिक मिडिया मेटा विरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । सिन्ह्वा–नान

Advertisement

Advertisement