ओमोडा इ-फाइभ किन्दा रू १.५ लाख एक्सचेन्ज बोनस पाइने

Advertisement

काठमाडौँ । विद्युतीय गाडीको ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज अफर ल्याएको छ । 

यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा इ–फाइभ विद्युतीय गाडी खरिद गर्दा रु १.५ लाखको विशेष एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । थप रूपमा, ब्रान्डले प्रत्येक खरीदमा ग्राहकहरूलाई ठ किलोवाट चार्जर पनि प्रदान गरिरहेको छ।

Advertisement

यो योजना अवधीभर ओमोडा इ–फाइभको सीमित स्टकसँग आफ्नो गाडी एक्सचेन्ज गर्ने ग्राहकहरूले विभिन्न आकर्षक लाभहरू प्राप्त गर्नेछन् । ब्रान्डले चालु आर्थिक वर्षको लागि सडक करमा पूर्ण छुट दिनेछ । 

साथै, प्रत्येक एक्स्चेन्जमा ७ किलोवाटको चार्जर निःशुल्क मिल्नेछ । सीमित स्टकका ओमोडा इ–फाइभ गाडीहरू जम्मा ६१.९९ लाखको प्रि-बजेट मूल्यमा उपलब्ध छन् । यसबाहेक, ग्राहकहरू थप नगद छुट (क्यास डिस्काउन्ट)बाट लाभान्वित हुनेछन् भने प्रत्येक खरिदमा निःशुल्क टि–बक्स पनि समावेश हुन्छ, जसले गाडीको कनेक्टिभिटि र कार्यक्षमतालाई बढाउने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement