शेयर बजारमा दोहारो अंकको गिरावट, कारोबार ३ अर्ब ८७ करोडमा सीमित

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.४४ अंकले बढेको हो । ०.५० प्रतिशतले बजार घट्दा नेप्से २०६८.३१ अंकमा झरेको छ । 

Advertisement

बजार घटे पनि आज वित्त र म्युअल फण्ड क्रमशः १.८२ र ०.१३ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भए । 

undefined

आज ३०६ कम्पनीका ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९ सय ३.३४ रुपियाँ बराबरको कारोबार भएको हो । 

कालीका लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.७१ प्रतिशतले नाफा कमाएका छन् भने कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.२८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज माउन्टेन इनर्जीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड १४ लाख ८४ हजार ८ सय १४.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार १७.०४ अंकले बजार घट्दा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१.८५ रुपियाँ, मंलबार १८.७६ अंकले बजार घट्दा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८ सय ८४.३२ रुपियाँ  र हिजो बुधबार २.२७ अंकले बजार बढ्दा ३ अर्ब ४० करोड, ४३ लाख ७२ हजार ६ सय ३२.६४ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने बकर इदको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो । 
 

Advertisement

Advertisement