‘नयाँ दल भएकोले पूरानासँग नगईदिए हुन्थ्यो, सरकारमा नगईदिए हुन्थ्यो भन्ने जनताको अपेक्षा छ’

रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन, ग्यारेन्टीः लामिछाने

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूहरुले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने दावी गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले जनताको अपेक्षा पूरा गर्न आफूहरुले पूरै इमान्दारिताका साथ कोशिस गरिरहेको जिकिर पनि गरे । सरकारमा गएको सय दिन जतिभएको उल्लेख गर्दै लामिछानेले गज्जवले मन्त्रालयहरु चलाउने आधारहरु बनेको बताए । 

Advertisement

उनले आफ्नो पार्टीलाई पूराना पार्टीजस्तो नहोस भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गरे । लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठूलो जिम्मेवारीमा पुगेको अनुभुति भएको पनि बताए । 

लामिछानेले भने, ‘दुई वर्ष बितिरहँदाखेरी र आज जुन ठाउँमा रास्वपा राष्ट्रिय राजनीतिमा उभिएको छ, यसले हामीलाई असाध्यै धेरै जिम्मेवार बनाएको रहेछ भन्ने कुराको महशुस गराएको छ । जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ । हामी नयाँ राजनीतिक दल भएको हुनाले फरक भईदिए हुन्थ्यो, पुरानोसँग नगईदिए हुन्थ्यो । सरकारमा नगईदिए हुन्थ्यो भन्ने जुन आम चासो छ नि त्यो चाहिँ किन भनिरहन्छन् भने सरकारमा जानु भनेको आम नागरिकको आजसम्म बुझाई के हो भने सरकारमा जानु भनेको राज्य दोहन गर्नु भयो । मान्छे आफ्नो पाल्नु हो, ठेक्कापट्टा गर्नु हो, भ्रष्टाचार गर्नु हो भन्ने भएको भएर यी आफ्नो मान्छेहरु नगईदिए हुन्थ्यो भन्ने त्यो सोच सदभावका साथ राखिएको हो ।’ 

उनले थपे, ‘तर हामीले एउटा आधार बनाएका छौं । किनभने २१ सिटले हामीले सदनमा एक वर्ष गज्जवको प्रतिपक्ष भएका हौं । सरकारमा भर्खर सय दिन जति भएको छ । गज्जवको ढंगले मन्त्रालयहरु चलाउने आधारहरु बनेका छन । आम नागरिकको अपेक्षा अवश्यक पनि ठूलो छ । त्यो अपेक्षालाई परिपूर्ति गर्नका लागि हामीलाई चुनौति पनि ठूलो छ । त्यही ढंगको अभ्यास गरेर हामी त्यसको समिपमा पुग्छौं । त्यसलाई मिट गर्ने, म्याच गर्ने पूरै इमान्दार कोशिस गर्छौं ।’ 

लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठूलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताए । 

Advertisement

Advertisement