सञ्चयकर्तालाई हिसाब मिलान गर्न कोषको आग्रह

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष सकिनै लाग्दा कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई वार्षिक हिसाब मिलान गर्न आग्रह गरेको छ । 

कोषले कोष तथा योगदानमूलक निवृत्तिभरण कोषको लेजर तयारी कार्य सुरु भइसकेको जनाउँदै कोष÷सापटी तथा निवृत्तिभरण÷उपदान कट्टी रकम जम्मा गर्ने सञ्चयकर्ता तथा योगदानकर्ता कार्यालयलाई २०८१ असारसम्मको कोष तथा योगदान रकम मिलान गर्न भनेको हो । 

Advertisement

यस्तो रकम असार २५ गतेभित्र बुझाइसक्नुपर्नेछ । 

साथै, कोषबाट सञ्चयकर्ताले लिएको ऋण तथा सापटी रकम पनि सोही अवधिभित्र बुझाउन भनिएको छ । 

undefined

Advertisement